राजनीति

रास्वपा खुल्ला केन्द्रीय सदस्यको मतपरिणाम: स्वर्णिम वाग्ले पहिलो, सोविता दोस्रो (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला श्रेणीको ३५ केन्द्रीय सदस्यका लागि भएको मतदानको नतिजा सार्वजनिक भएको छ।

अन्तिम मतपरिणामअनुसार पार्टीका उपल्लो स्तरका चर्चित नेताहरूले लोकप्रिय मत प्राप्त गरेका छन्। डा. स्वर्णिम वाग्लेले सर्वाधिक २ हजार ६ सय ७ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेका छन्।

वाग्लेलाई पछ्याउँदै प्रतिनिधि सभा सदस्य सोविता गौतम २ हजार ५ सय ९४ मतका साथ दोस्रो स्थानमा छिन्। त्यस्तै, लोकप्रिय मत ल्याउने अन्य उम्मेदवारहरूमा शिशिर खनालले २ हजार ४ सय ९५, सागर ढकालले २ हजार ३ सय ३३ र डा. तोसिमा कार्कीले २ हजार २ सय ५७ मत प्राप्त गरेका छन्।

खुलातर्फ कूल ३५ केन्द्रीय सदस्य चयनका लागि यो मतदान भएको हो। चर्चित उम्मेदवारहरूले प्राप्त गरेको मत विवरण।

 - डा. स्वर्णिम वाग्ले: २६०७ मत

 - सोविता गौतम: २५९४ मत

 - शिशिर खनाल: २४९५ मत

 - सागर ढकाल: २३३३ मत

 - तोसिमा कार्की: २२५७ मत

 - रञ्जु दर्शना: २२४९ मत

 - मनिष झा: २२३७ मत

 - हरि ढकाल: २२१९ मत

 - कविन्द्र बुर्लाकोटी: २१८४ मत

 - विपिन आचार्य: २१२६ मत

 - रमेश प्रसाईं: २१२३ मत

 - बिराजभक्त श्रेष्ठ: २०९४ मत

 - निशा डाँगी: २०८९ मत

 - इन्दीरा रानामगर: २०४७ मत

 - गणेश पराजुली: २०४५ मत

 - जगदिश खरेल (ललितपुर): २०४४ मत

 - पुकार बम: २०३० मत

 - प्रमोद न्यौपाने: १८९२ मत

 - यज्ञमणी न्यौपाने: १८६९ मत

 - सस्मित पोखरेल: १८३३ मत

 - राजुनाथ पाण्डे: १८१२ मत

 - रिमा विश्वकर्मा: १८१० मत

 - असीम साह: १७२८ मत

 - खगेन्द्र सुनार: १७०८ मत

 - राजीव खत्री: १७०१ मत

 - समिक्षा बास्कोटा: १६९९ मत

 - गणेश कार्की: १६९३ मत

 - जगदिश खरेल (दोलखा): १५१३ मत

 - लिमा अधिकारी: १५०४ मत

 - टिका संग्रौला: १४९० मत

 - शंकर श्रेष्ठ: १४८४ मत

 - क्रान्तिशीखा धिताल: १४७९ मत

 - आशिका तामाङ: १४३० मत

 - सुदीप ढकाल: १४२९ मत

 - अनुष्का श्रेष्ठ: १३५३ मत

 - रोहन कार्की: १०२२ मत

 - अरनिको पाण्डे: ९१२ मत

 - धनञ्जय रेग्मी: ८९० मत

 - रामजी यादव: ८६९ मत

 

प्रकाशित: ११ असार २०८३ २१:३० बिहीबार