आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरेर राजनीतिक दल दर्ताको अभियान चलिरहेको बेला राजनीतिक विश्लेषक मुमाराम खनालले व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘नयाँ नयाँ दल खोल्ने प्रतिस्पर्धात्मक अभियान चलिरहेको वर्तमान समयमा नयाँ दल खोल्ने सोचमा रहेका एकजना वाम पृष्ठभूमिका एनजिओकर्मीले दलको नामको लागि सिफारिस मागे।’
उनले अगाडि लेखेका छन्, ‘यो नाम राख्दा उपयुक्त हुने सुझाव दिइयो- ‘डेमोक्रेटिक एलायन्स अफ लेफ्ट एन्ड लिबरल’ (दलाल) कस्तो भयो कुन्नि ? 😂🤣’
सरकारले दल दर्ता र मतदाता नामावलीमा नाम दर्ता गराउन तोकेको कार्तिक मसान्त सकिनै लाग्दा यसप्रति ठुलो आकर्षण देखिएको छ। निर्वाचन आयोगका अनुसार दर्ता भएका दलको संख्या १२५ पुगेको छ।
प्रकाशित: २६ कार्तिक २०८२ ११:३७ बुधबार