राजनीति

पार्टी अध्यक्ष केपी शर्मा ओली सबैको 'टार्गेट'मा : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हाल समग्र प्रहारको निशाना पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताएका छन्।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आइतबार यहाँ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'हाल हाम्रो पार्टी र आन्दोलनमाथि जुन कुरालाई केन्द्रविन्दु बनाएर प्रहार भएको छ। त्यसलाई विस्थापित नगरीकन हाम्रो आन्दोलन अगाडि बढ्न सक्दैन,' उनले भने, 'हाल समग्र प्रहारको निशानामा पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ।'

महासचिव पोखरेलले नवौँ केन्द्रीय कमिटीले पारित गरेका प्रतिवेदन दोस्रो विधान महाधिवेशनमा छलफल गरिनेसमेत बताए। उनले मिसन २०८४ लाई ध्यानमा राखेर पार्टीलाई एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिए।

प्रकाशित: १९ श्रावण २०८२ ०८:३२ सोमबार