श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजेर बसेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै सांसद राईले यस्तो बताएका हुन्। पार्टीको तर्फबाट सोमबार सात वटा विषय राखेका बताए।
भदौ १० गतेको विनाशकारी बाढीको विषयमा सरकारको कामकारबाहीबारे जवाफ खोजेको उनले बताए। उनले भने, 'सदनमा सभामुखमार्फत सोध्न चाहन्छु, सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ?'
प्रकाशित: १३ आश्विन २०८३ १०:५६ मंगलबार