राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चार हजार बढी प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्।
प्रतिनिधिहरूबाट मात्र करिब दुई करोड रुपैयाँ संकलन भएको छ। पार्टीमा हालसम्म ३ हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्।
रास्वपाले प्रत्येक प्रतिनिधिका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। जसमा प्रतिनिधि शुल्कबाट १ करोड ९९ लाख ५० हजार रुपैयाँ संकलन भएको छ।
प्रकाशित: ६ असार २०८३ १७:०६ शनिबार



