राजनीति

हाम्रो प्रतिस्पर्धा कांग्रेस एमालेसँग होइनः लामा

उज्यालो नेपाल पार्टीको तर्फबाट भक्तपुर-२ का उम्मेदबार जीतमान लामाले आफ्नो प्रतिस्पर्धा नयाँ दलसँग हुने दावी गरेका छन् । 

भक्तपुर-२ मा आफनो प्रतिस्पर्धा पुराना दलहरु नेपाली कांग्रेस, एमाले लगायतका पार्टीका उम्मेदवारहरुसँग नहुने उनको दावी हो ।

शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा लामाले आफनो जित निश्चित भएको पनि दावी गरे ।  

उनले आफूलाई टक्कर दिने भने राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको मूल्यांकन गरे । ‘रास्वपा पनि एक हिसावले पुरानै पार्टी भइसकेको छ’, उनले भने, ‘त्यो पार्टीका सभापति रवि लामिछाने पनि उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेर जनताबाट टेष्टेट पार्टी भयो।’  

उनले जनता नयाँ पार्टीको पक्षमा रहेको र त्यो भनेको उज्यालो नेपाल पार्टी भएको दावी गरे ।  

भक्तपुर-२ मा नेपाली कांग्रेसबाट पत्रकार कविर राणा, एमालेबाट महेश बस्नेत, राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापालगायतको उम्मेदवारी छ । 

प्रकाशित: १० माघ २०८२ १५:०९ शनिबार