रिक्त रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा एक जनाको मात्र उम्मेद्वारी परेको छ ।
जारी निर्वाचन तालिका अनुसार निर्धारित समयमा एक जनाको मात्र उम्मेद्वारी परेको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
संघीय संसद सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार निर्वाचन तालिका अन्तर्गत मनोनयन गराउने समयमा ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ ।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद न्यौपानेको नाम कांग्रेसकै सांसद रामहरि खतिवडाले प्रस्ताव गरेका थिए भने नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन गरेका थिए ।
निजामति विधेयकमा भएको छेडकानी प्रकरणले खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको सभापति पद नियुक्तिको लागि निर्वाचन प्रक्रिया चलिरहेको छ ।
अब निर्धारित समयमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले अब राज्य व्यवस्था तथा सुशासन समितिको सभापति न्यौपाने ने हुने पक्का नै भएको छ।
प्रकाशित: १० भाद्र २०८२ १६:२८ मंगलबार