राजनीति

४३ दलले मात्र बुझाए घोषणापत्र

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दलले घोषणापत्र नबुझाएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगको राजनीतिक शाखाका अनुसार हालसम्म ४३ राजनीतिक दलले मात्र आफ्नो चुनावी घोषणापत्र आयोगमा बुझाएका छन्। निर्वाचन प्रचारप्रसारमा जानुअघि घोषणापत्र सार्वजनिक गरी आयोगमा अनिवार्य रूपमा बुझाउन दलहरूलाई निर्देशन दिइएको थियो। 

आयोगले फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसारको समय तोकेको थियो। निर्वाचन आचारसंहिता अनुसार दल तथा उम्मेदवारले घोषणापत्र आयोगमा बुझाउनुपर्ने व्यवस्था छ। साथै दलहरूले प्रत्येक वर्ष आफ्नो विवरण अद्यावधिक गरी आयोगमा पेश गर्नुपर्ने प्रावधान समेत छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६१ चुनाव चिह्नमार्फत ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्।   

प्रकाशित: १५ फाल्गुन २०८२ १३:१६ शुक्रबार