काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ। सात महिनापछि शुक्रबार (आज) दिउँसो बसेको कार्यपालिका बैठकले बजेटको मिति तोकेको हो।
बैठक एक मिनेट पनि चलेन। बजेटको मिति घोषणा गरेसँगै प्रमुख बालेन शाहले बैठक समापनको घोषणा गरे।
'२४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको छ। नगरसभा मिति तोक्ने सन्दर्भमा मिति असार २९ गते नगरसभा र त्यसै दिन ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु। अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु,' प्रमुख शाहले भने।
प्रकाशित: २७ असार २०८२ १५:२४ शुक्रबार