राजनीति

गोपालमानको निधनमा प्रचण्डले भने: गणतान्त्रिक आन्दोलनमा उनको योगदान स्मरणीय रहनेछ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

मंगलबार शोक वक्तव्य जारी गर्दै दाहालले श्रेष्ठको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्।

उनले नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा श्रेष्ठले पुर्‍याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन्।

संयोजक दाहालले दिवंगत श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा उनका शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको थियो। उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै विभिन्न मन्त्री तथा उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए।

प्रकाशित: १२ श्रावण २०८३ १७:१० मंगलबार