नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
शनिबार पक्राउ गरेपछि स्वास्थ्य परीक्षण गर्न अस्पताल पुर्याइएका ओलीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
अदालतले अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरे पनि ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छैन ।
ओलीको मिर्गौला, उच्चरक्तचाप, पित्तथैलीमा भएको पत्थरी, मधुमेह लगायतका समस्याको रिपोर्ट जाँच गरेपछि डिस्चार्ज गर्ने अवस्था नदेखिएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाइँले बताए ।
सेढाइँका अनुसार पूर्वप्रधानमन्त्रीको आइसोलेनमै राखिएको छ । धेरै स्वास्थ्य समस्या भएकाले पनि अझै अस्पताल नै रहनसक्ने उनले बताए ।
प्रकाशित: १६ चैत्र २०८२ १७:०१ सोमबार