राजनीति

गुण्डू निवासमै कार्यकर्ता भेट्न थाले ओली

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्ताहरूसँग भेटघाट थालेका छन्।

गुण्डूमा भाडाको घरमा बसेका ओलीले निवासमै कार्यकर्ता भेटघाट सुरु गरेका हुन्।

भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका उनले कार्यकर्ता भेटघाट गरेका हुन्।

प्रकाशित: ७ आश्विन २०८२ १२:१८ मंगलबार