राजनीति

ओली भन्छन्: सडकबाट बहुमत पुर्‍याएँ भनेर हुँदैन

देश संकटमा हुँदा कांग्रेस विभाजन अर्को दुखद

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश संकटमा परेको बेलामा नेपाली कांग्रेसको विभाजन हुनु दुखद भएको बताएका छन्।

एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले देशका लागि लड्नुपर्ने बेलामा अनावश्यक लडाइँ गरेर पार्टी फुटाइएको टिप्पणी गरे।

उनले भने, ‘नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु लोकतन्त्रका लागि दुखद हो। कांग्रेसका नेताहरू जानिबुझीकन किन यस्तो गरिरहेका छन् म आश्चर्यचकित छु। यस्तो बेलामा देशको लागि लड्नुपर्छ, तर कांग्रेस अनावश्यक लडाइँ गरेर पार्टी फुटाउने अवस्थामा पुगेको छ। कसले गराइरहेको छ यी काम?’

ओलीले कानुन र न्यायसम्मत भन्दा निर्णय स्पष्ट रहेको बताए। उनले प्रश्न उठाए, ‘कांग्रेसले नियमित महाधिवेशन नगरी विशेष महाधिवेशन किन गरेको हो?’

अगाडि उनले थपे, ‘चार–पाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिएको थियो। बैठक कसले बोलाउने भन्ने पनि तय होला नि? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? बहुमत र अल्पमत टुङ्ग्याउने पनि तय होला। कसैले सडकमा बहुमत पुर्‍याएँ भनेर हुन्छ?’

 

प्रकाशित: २ माघ २०८२ १७:५३ शुक्रबार