राजनीति

ओली पत्नी राधिकाको रिटमा भोलिमात्र बहस हुने

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गराउन माग गर्दै ओली पत्नी राधिका शाक्यले रिट दायर गरेकी छन् ।  

शाक्यले ओलीलाई हिरासत मुक्त गरियोस् भन्ने मागका साथ दायर रिटमाथिको बहस भने भोलिमात्र हुने भएको छ ।  

ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ ।

कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सिधै व्यक्तिहरू पक्राउ गर्ने कुरा कानूनसम्मत नहुने उक्त रिटमा जिकिर गरिएको छ ।

 

प्रकाशित: १५ चैत्र २०८२ १५:०५ आइतबार