राजनीति

ओलीको आरोप : सरकार प्रतिशोधमा उत्रियो, देश कसरी चल्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार प्रतिशोधको राजनीतिमा लागेको बताएका छन्। उनले सरकारले प्रतिबन्ध लगाउने, आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउने प्रयास गरेको बताए।

निर्वाचनपछि पहिलोपटक झापा पुगेका उनले इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। ओलीले आफू, रमेश लेखकसहित विभिन्न नेताहरूलाई गिरफ्तार गरिएको तथा अरू नेतामाथि पनि झुटा मुद्दा लगाउने प्रयास भएको भन्दै सरकारको गतिविधि ट्रेड युनियन, विद्यार्थी, कर्मचारी, शिक्षक तथा प्राध्यापकमाथि प्रतिबन्ध लगाउने दिशामा अघि बढेको बताएका छन्।  

ओलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका नाममा बनाइएको आयोग पनि चयनात्मक ढंगले अघि बढेको दाबी गरेका छन्।

‘कसलाई मुद्दा लगाउने, कसलाई नलगाउने भनेर चयनात्मक व्यवहार गरिएको छ,’ ओलीले भने। उनले केही व्यक्ति, न्यायाधीश, सुरक्षा निकाय तथा उनीहरूका आफन्तलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिनेगरी कानुन बनाइएको समेत बताएका छन्।  

प्रकाशित: ३१ श्रावण २०८३ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App