नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएको बुबाको घर अवलोकन गरेका छन्। भद्रपुर–१ स्थित हिमालीमा रहेको बुबाको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलाइएको थियो।
काठमाडौं फर्किने क्रममा अध्यक्ष ओली जलेको घर हेर्न श्रीमती राधिका शाक्यसहित हिमाली पुगेका थिए। घर जलेपछि पहिलो पटक उनी हिमाली पुगेका हुन्।
अध्यक्ष ओलीलाई छिमेकीहरूले बुबाको हालखबर सोधेका थिए। बुबालाई हेर्न पाउँदैनौ भन्ने जिज्ञासामा जवाफ दिँदै उनले भने, 'यो जलेको घर हेर्न कसरी पठाउनु, यो घटनाबारे बुबालाई थाहा पनि दिएका छैनौँ।'
झापा ५ मा चुनावी भेटघाटमा आएका उनी एक साता मतदातासँग बिताएर आज काठमाडौं फर्किएका छन्।
प्रकाशित: २९ माघ २०८२ १६:१४ बिहीबार