एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा ओलीलाई सत्याच्यूत गराउने आन्दोलनको विषयमा केही टिप्पणी गर्लान ।
जेन-जीले उठाएका मागलाई आफ्नो माग हो भन्ने हिसाबले उठान गर्छन भन्ने आम अपेक्षा थियो । तर उनले त्यसो बोलेनन् । उनले आफूले गरेको काम सबै रेकर्डेड भएको भन्दै ती विषय खुलाउन चेतावनी दिए ।
उनले वर्तमान सरकार संवैधानिक बाटोबाट नभएर तोडफोडबाट आएको बताउँदै त्यो सरकारलाई आफूले गरेका कामको विषय बाहिर ल्याउन चुनौती दिएका छन् ।
प्रकाशित: ११ आश्विन २०८२ १३:२१ शनिबार