राजनीति

ओलीको दाबी: देशलाई फेरि सही दिशामा ल्याउने दायित्व एमालेकै हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई सही दिशामा फर्काउने दायित्व एमालेकै भएको दाबी गरेका छन्। शनिबार युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

‘नेकपा एमालेका कार्यकर्ताहरूलाई घर जले एउटा परिस्थितिमा, कतिपय ठुलो क्षति भयो, तर हरेस नखान आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘एमालेले नै हो यो देशलाई फेरि सही दिशामा फर्काउने।’ 

सिंगै देशवासीलाई हरेस नखान र संयम राख्न ओलीले आग्रह गरे। 

प्रकाशित: ११ आश्विन २०८२ १४:४७ शनिबार