राजनीति

मातहतले गल्ती गर्दा ओली र लेखक जवाफदेही हुनैपर्छ: सांसद पुन

स्वतन्त्र सांसद महाविर पुनले जेनजी आन्दोलनको घटनामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।

मंगलबार संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेतृत्वमा हुँदा भएका कमजोरीको जवाफदेहिताबाट कोही पनि भाग्न नमिल्ने बताए।

सांसद पुनले आफ्ना मातहतका निकाय वा व्यक्तिले गल्ती गर्दा त्यसको दोष नेतृत्वले पनि लिनुपर्ने तर्क गरे। उनले भने, ‘आफू नेतृत्वमा हुँदा मातहतका कसैले बिरायो वा गल्ती गर्यो भने बिराएछ भन्न सक्नुपर्छ। गल्ती स्विकारेर क्षमा माग्दैमा मान्छे घट्दैन।’

उनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले ‘हामीले गोली चलाउने आदेश दिएका थिएनौं’ भन्नु मात्रै पर्याप्त नहुने जिकिर गरे।

‘गोली चलाउने आदेश दिएनन् रे, तर सरकार प्रमुख त उनीहरू नै थिए नि ! थाहा पाइनँ भनेर सुख पाइन्छ र ? आफू प्रमुख हुँदा भएको घटनाको जिम्मेवारी लिनैपर्छ,’ पुनले टिप्पणी गरे।

प्रकाशित: २४ चैत्र २०८२ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App