राजनीति

शिक्षा समितिको सभापतिमा ओजश्वी शेरचन विजयी

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी ओजश्वी शेरचन विजयी भएकी छिन्।  

शुक्रबार भएको निर्वाचनमा शेरचन बहुमतले निर्वाचित भएकी हुन् ।

उनीसँगै प्रतिस्पर्धामा रहेका नेकपा एमालेका गुरु बराल भने अल्पमतमा परे । उनलाई नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको समर्थन रहेको थियो ।

प्रकाशित: ४ वैशाख २०८३ १४:५६ शुक्रबार