राजनीति

आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी

नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। उक्त रिटको पेसी यही माघ ६ गतेका लागि तोकिएको छ।

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्।

देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।

आयोगले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा पार्टीको कार्यसमिति चयनलाई आधिकारिकता प्रदान गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद चुलिएको छ। 

प्रकाशित: ४ माघ २०८२ १३:१६ आइतबार