स्वतन्त्र सांसद अमेरशकुमार सिंहले आफूलाई सबै दलबाट 'अफर' आउने दाबी गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै सिंहले यस्तो दाबी गरेका हुन्।
उनले कांग्रेस, एमाले, माओवादीसहित सबै दलबाट आफूलाई अफर आउने दाबी गरे। 'मलाई केपी ओलीले तपाईं आउनुस्, मन्त्री ग्यारेन्टी गर्छु भन्नुहुन्छ। कांग्रेसबाट बारम्बार अफर आउँछ। मधेसी दलबाट आउँछ, रास्वपाबाट आउँछ, माओवादीबाट आउँछ,' उनले भने, 'तर, म कहीँ जान्नँ।'
लामो समय कांग्रेसमा रहेर राजनीति गरेका सिंह पछिल्लो चुनावयता स्वतन्त्र छन्। दलविहीन भएपछि आफूलाई सन्चो भएको बताउने गरेका उनले दल तथा नेताहरूका प्रति खुलेर टिप्पणी गर्ने गर्छन्।
प्रकाशित: २१ श्रावण २०८२ २०:२१ बुधबार