आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ।
आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराई, संयोजक दुर्गा सोबलगायत नेताहरूले बैठकमा सम्बोधन गरे।
आजको बैठकमा आइतबार हुने पार्टी एकताका विषयमा छलफल भएको सो पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ।
आइतबार दिउँसो १२ः०० बजे राष्ट्रिय सभागृहमा सो पार्टीले बृहत् एकता घोषणासभाको आयोजना गर्ने भएको छ।
प्रकाशित: ६ मंसिर २०८२ २०:२६ शनिबार