राजनीति

अब सदनमा प्रचण्ड र बादल दुई विपक्षी संसदीय दलका नेता

नेपालको राजनीति परिवेस कसरी घुम्दैछ भन्ने यकीन गर्न कठिन छ । क्षणभर मै सत्तामा पुग्ने र सत्ताच्यूत हुने परिपार्टी अघिल्लो निर्वाचन २०७९ ले देखायो ।  

यो पटकको निर्वाचनले एक दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाइ नजिकको बहुमत दिएकाले सत्ताको जोडघटाउ विगतमा जस्तो जनतालाई नै अत्यास लाग्ने खालको नहोला । वर्तमान सरकारसँग धेरै अपेक्षासहित नागरिकले ठूलो आशा राखेका छन् । नागरिकको अपेक्षा र आशालाई वर्तमान सरकारले पूरा गर्ला गर्नुपर्छ ।  

तर यो पटक संसदमा गज्जबको दृश्य देखिने छ प्रचण्ड र बादलको । यी दुवै लामो समय देशमा परिवर्तन ल्याउन सशस्त्र आन्दोलन गर्ने मोर्चा नेकपा माओवादीका नेता हुन् ।  

लामो समय एकै मोर्चामा लडेका, आन्दोलनको अगुवाइ गरेका, कमाण्ड सम्हालेका नेताको यो वर्षको दृश्य भने संसदमा फेरिएको छ । यी दुवै नेता यो वर्ष विपक्षी दलका संसदीय नेता हुनेछन् ।  

प्रचण्‍ड नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट संसदमा संसदीय दलको नेतृत्व गर्नेछन् भने थापा नेकपा एमालेको संसदीय दलको नेतृत्व गर्दै विपक्षी बेन्जमा बस्नेछन् । 

प्रकाशित: १८ चैत्र २०८२ १६:४२ बुधबार