राजनीति

जनमत पार्टीको मधेश संसदीय दलको नेतामा सिंह

जनमत पार्टीले मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाएको छ। उनलाई हटाएर चन्दन कुमार सिंहलाई संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ ।

पार्टीका अध्यक्ष सीके राउतले विज्ञप्ति जारी गरेर आजैको मितिदेखि लागू हुने गरी मधेश प्रदेश संसदीय दलको नेताको जिम्मेवारी हेरफेर गरेको जानकारी गराएका हुन् । 

 

प्रकाशित: २२ वैशाख २०८३ १३:१९ मंगलबार