राजनीति

३६ वर्षका सबै बालेन र ८० वर्षका सबै ट्रम्प हुँदैनन्: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व चयनमा उमेरभन्दा क्षमता, अनुभव र योग्यतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले युवा हुनु मात्रै नेतृत्वका लागि पर्याप्त नहुने र अनुभवले उमेर मात्र सबैथोक नहुने भन्दै नेतृत्वमा क्षमता र कार्यकुशलता मुख्य हुने बताए। 

 ‘३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्, अहिले ९३/९४ वर्षका मानिसहरू पनि राष्ट्रपति छन्,’ उनले भने, ‘८० वर्षका डोनाल्ड ट्रम्प अमेरिकाजस्तो महाशक्ति राष्ट्रको राष्ट्रपति हुनुहुन्छ, तर ८० वर्षका सबै डोनाल्ड ट्रम्प पनि हुँदैनन्। त्यसैगरी ३६ वर्षका सबै बालेन शाह पनि हुँदैनन्।’

लिङ्देनले राप्रपामा २५/२६ वर्षका युवादेखि ८५/८६ वर्षसम्मका अग्रजहरू सक्रिय रहेको भन्दै युवाको ऊर्जा र अग्रजको अनुभवको उत्कृष्ट संयोजन भएको पार्टी राप्रपा रहेको दाबी गरे।

उनले पार्टीभित्र हल्ला र अपुष्ट सूचनाका आधारमा बनाउने धारणा रोक्नुपर्ने बताए।      

प्रकाशित: १३ असार २०८३ १५:०४ शनिबार