राजनीति

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोला : महावीर पुन

फाइल तस्बिर

म्याग्दीबाट नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथको टुंगो नभएको भन्दै आफू पुनः सडक किनारमा पुस्तक बेच्न निस्किएको जानकारी दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखेका छन्, ‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन। त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्ने छु। चुनाव सकिएपछि म्याग्दीको छ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेहरूसँग विकास र बजेट सम्बन्धी पहिलो चरणको छलफल सकियो। अनि के गरेर बस्ने त नि मेयर साहब? गाह्रो पिरो नमान्नु होला।’

केही दिन पहिले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडकमा नबस्न सुझाव दिएका थिए। तर त्यसलाई बेवास्ता गर्दै सांसद पुनले आफ्नो अभियान जारी राख्ने घोषणा गरेका छन्।

प्रकाशित: ५ चैत्र २०८२ १०:४९ बिहीबार