राजनीति

नो वन इज सेफ इन नेपाल : हर्क साम्पाङ

प्रतिनिधिसभा सदस्य हर्कराज राईले नेपालमा नागरिकले सुरक्षा, न्याय, सेवा–सुविधा र अवसरको अनुभूति गर्न नपाएको बताएका छन्। उनले देशलाई सुरक्षित, न्यायपूर्ण र व्यवस्थित बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्ने बताए। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने भए पनि अहिले सांसददेखि सर्वसाधारणसम्म कोही पनि सुरक्षित नरहेको बताए। 

‘नो वन इज सेफ इन नेपाल। जे पनि हुन सक्ने स्थिति छ,’ उनले भने, ‘यो देशलाई देशजस्तो बनाइराख्न हामीले के–के गर्नुपर्ने हो, त्यसका लागि हामी तयार छौँ। म तयार छु र हाम्रो दल तयार छ।’ 

प्रधानमन्त्रीले नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने अभिव्यक्तिको कारण उनले यस्तो बताएका छन। 

उनले नैतिकता नै राजनीतिको बल, शक्ति र वैधानिकता भएको भन्दै जनप्रतिनिधिले नैतिकता गुमाए जनताले विश्वास नगर्ने भन्दै प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्नुपर्ने माग गरे। 

उनले लामो समयदेखि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन आग्रह गरिए पनि उपस्थित नभएको भन्दै त्यसलाई अडानका रूपमा लिन नहुने बताए। 

प्रकाशित: २६ श्रावण २०८३ १४:०१ मंगलबार