राजनीति

जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो: अध्यक्ष दाहाल

<br>

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  कानुनी र सङ्ख्याको हिसाबले जतिसुकै  भए पनि माओवादी संस्थापन हो र अरू शक्ति प्रतिपक्ष रहेको बताएका छन्।

‘अहिले कानुनी र सङ्ख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो।’ 

यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै  रहेको बताउँदै उनले जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष रहेको दाबी गरे। 

प्रकाशित: २५ असार २०८२ ०९:२७ बुधबार

#prachanda #Nagariknews ##NepaliNews