राजनीति

इनमको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले राखेको जानकारी छैन : प्रवक्ता पोखरेल

सरकारका प्रवक्ता सस्मित पोखरेलले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा   पठाउनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग राखिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता पोखरेलले यस विषयमा बाहिर आएका चर्चाबारे आफूलाई आधिकारिक जानकारी नभएको बताएका हुन्। 

‘मलाई थाहा छैन। बाहिर कतै आएको हल्ला सुनेको हो तर त्यसको आधिकारिक पुष्टि केही पनि छैन। हल्ला जसले जे भन्दिए पनि भइहाल्यो नि,’ उनले भने। 

अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना बाहिरिएको भए त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा छानबिन हुनुपर्ने उनको भनाइ छ। 

‘कुनै पनि अनुसन्धान भइरहेको विषयमा त्यहाँका आधिकारिक, गोप्य कुराहरू जे भए पनि बाहिर निस्किनु हुँदैन। यदि बाहिर निस्कियो भने कसको कमजोरीबाट बाहिर निस्केको हो, त्यसको कामकारबाही अगाडि बढ्नुपर्छ,’ पोखरेलले भने।  

प्रकाशित: १८ कार्तिक २०८३ १४:४९ बुधबार