राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

कर्णाली प्रदेश सभाका १६ जना सांसदले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गराएका हुन्।

आलोपालो सहमति अनुसार मुख्यमन्त्री कँडेलले सत्ता हस्तान्तरण गर्न नमानेपछि बुधबार सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीहरूले राजीनामा दिएका थिए।

कर्णालीमा कांग्रेस र नेकपाबिच सरकार बनाउने सहमति भएको छ।

प्रकाशित: ३२ असार २०८३ १७:११ बिहीबार