ओखलढुंगामा झडप नभएको र गोली पनि नचलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले स्पष्ट पारेको छ।
सामाजिक संजाल फेसबुकबाट एउटा संचार माध्यमले गोली लागेर एक जना घाइते भएको खबर संप्रेषण गरेको भन्दै प्रशासनले त्यसो नभएको स्पष्ट पारेको हो।
हाल ओखलढुंगामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र गलत अफवाह फैलाउने व्यक्तिको पहिचानपछि खोजी गरेर कानूनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ ११:३८ बिहीबार