पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मोत्सवका अवसरमा असार २३ गते काठमाडौंस्थित निर्मल निवासमा शुभेच्छुकहरूसँग भेटघाट गर्ने भएका छन्।
पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिअनुसार जन्मोत्सवको अवसरमा निर्मल निवासमा विशेष कार्यक्रम आयोजना गरिनेछ, जहाँ पूर्वराजाले उपस्थित शुभेच्छुकहरूबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
विज्ञप्तिमा जनाइएअनुसार सर्वसाधारण, समर्थक, विभिन्न संघसंस्था तथा शुभेच्छुक नागरिकका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला गरिनेछ।
पूर्वराजाको जन्मोत्सवका अवसरमा हरेक वर्षजस्तै यसपटक पनि समर्थक तथा शुभेच्छुकहरूको उपस्थितिमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।
.jpg)
प्रकाशित: ३ असार २०८३ १३:३८ बुधबार



