कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् ।
बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
विराटनगर महानगरपालिकाका पूर्वकर्मचारी निरौला सप्तकोशी विकास बैंकका पूर्व अध्यक्ष पनि हुन् ।
प्रकाशित: ३ मंसिर २०८२ १७:२७ बुधबार