प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह (बालेन)को शपथग्रहण कार्यक्रम सुरु भएको छ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा शपथ ग्रहण कार्यक्रम चलिरहेको हो।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्ति वाचन गरेका छन्। अब केहीबेरमा लामाले मंगलवाचन गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित: १३ चैत्र २०८२ १२:२६ शुक्रबार