राजनीति

नवनियुक्त गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।

प्रधानमन्त्री बालेनले गृह मन्त्रालयमा पुनः सुधन गुरुङलाई फर्काएका छन् भने स्वतन्त्र सांसद महावीर पुनलाई पहिलो पटक गठन गरिएको नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्।

गुरुङ यसअघि पनि वर्तमान सरकारमै गृहमन्त्री थिए भने पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री भइसकेका व्यक्ति हुन्।

प्रकाशित: २६ जेष्ठ २०८३ १७:०५ मंगलबार