बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने भएका छन्।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै भदौ ७ गते आइतबार दिउँसो १ बजे मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘मुख्यमन्त्री किरण थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १७३ बमोजिम विश्वासको मतको प्रस्ताव पेश गर्नुहुने व्यहोरा माननीय सदस्यहरू एवं सरोकारवालाहरूको जानकारी गरिएको छ।’
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले सोही दिन शपथ ग्रहण गरेका थिए।
प्रकाशित: ५ भाद्र २०८३ १४:५७ शुक्रबार