राजनीति

विपद् व्यवस्थापनमा नयाँ सोच र प्रभावकारी संयन्त्र आवश्यक: सभामुख अर्याल

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी विपत्तिले नेपालको विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, वैज्ञानिक र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

विपद् आएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुनेभन्दा सम्भावित जोखिमको पहिचान, नियमित अनुगमन, पूर्वसूचना प्रणालीको विकास र तत्काल प्रतिकार्यका लागि आवश्यक संरचना निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।

विशेषगरी हिमाली तथा नदी तटीय क्षेत्रमा जोखिम बढ्दै गएको अवस्थामा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ मजबुत बनाउनुपर्ने सभामुख अर्यालको भनाइ छ। सम्भावित जोखिमबारे स्थानीय समुदायलाई समयमै जानकारी गराउने, सुरक्षित स्थानको पहिचान गर्ने तथा आपत्कालीन अवस्थामा तत्काल परिचालन हुन सक्ने जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्नुपर्ने उनले जोड दिएका छन्।

भविष्यमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारको मात्र प्रयास पर्याप्त नहुने भन्दै सभामुख अर्यालले नागरिक समाज, निजी क्षेत्र, गैरसरकारी संस्था, विज्ञ, सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

प्रकाशित: १७ भाद्र २०८३ १६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App