राजनीति

कर्मचारीको नयाँ तलबमान: अब मासिक कसले कति पाउँछन् ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। अर्थ मन्त्रालयले तयार गरी साउन ६ गते पठाएको तलबमान मन्त्रिपरिषद्ले करिब १५ दिनपछि अनुमोदन गर्दै कार्यान्वयनका लागि पठाएको हो। 

स्वीकृत नयाँ तलबमानअनुसार मुख्य सचिवको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। सबैभन्दा कम तलब  मासिक २८ हजार ९ सय ८४ रुपैयाँ प्रथम स्तरका कार्यालय सहयोगीको हुनेछ। 

नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिवसरह ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउने व्यवस्था गरिएको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ। 

सरकारले आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि तथा १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसैगरी पेन्सन प्राप्त गर्ने निवृत्त कर्मचारीहरूको हकमा भने १० प्रतिशत मात्र पेन्सन वृद्धि हुने व्यवस्था गरिएको छ।

 

प्रकाशित: २१ श्रावण २०८३ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App