राजनीति

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। 

जिल्लाका १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिका बाहेक १२ स्थानीय तहमा बुधबार अधिवेशन सम्पन्न भई सभापतिसहित कार्यसमिति निर्वाचित भएको नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति दिनेश लामाले बताए। 

मण्डनदेउपुर नगरपालिकामा रामहरि सापकोटा, पाँचखाल नगरपालिकामा सञ्जय तामाङ, भुम्लु गाउँपालिकामा मञ्जु शाह ठकुरी, धुलिखेल नगरपालिकामा विदुर बस्नेत, पनौती नगरपालिकामा रुपक महत, चौरीदेउराली गाउँपालिकामा राजेश गौतम, तेमाल गाउँपालिकामा बिकुलाल तामाङ, बेथानचोक गाउँपालिकामा डिगमान तामाङ, रोशी गाउँपालिकामा दिल दोर्जे लामा, बनेपा नगरपालिकामा रामराज जोशी, महाभारत गाउँपालिकामा सागर मोक्तान र नमोबुद्ध नगरपालिकामा कृष्ण लामा सभापतिमा निर्वाचित भएका छन्। 

प्रकाशित: ८ आश्विन २०८३ १०:३८ बिहीबार