राजनीति

नेपालीहरूले परिवर्तनको सन्देश दिए : सुमना श्रेष्ठ

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले हालको राजनीतिक परिस्थितिले नेपाली जनताले पार्टी, संगठन र जातीय सीमाभन्दा माथि उठेर परिवर्तनको सन्देश दिएको बताएकी छन्। 

सामाजिक सञ्जालमार्फत श्रेष्ठले आजको दिन आशा र सकारात्मकताको दिन भएको बताउँदै चिन्ता भोलि गरे पनि आजको समयमा आशाको दिन भएको बताएकी छिन्।

उनले नेपाली समाजमा लामो समयपछि ऊर्जा, एकता र आशा देखिएको बताउँदै यो केवल भावना मात्र नभएर भविष्य बदल्ने संकेत रहेको बताएकी छिन्।

साथै आज १ सय १६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा  शुभकामना दिँदै श्रमिक महिलाहरूको संघर्षलाई स्मरण गर्दै समाज परिवर्तनमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्। 

प्रकाशित: २४ फाल्गुन २०८२ १०:१२ आइतबार