राजनीति

कांग्रेसले लेखा समितिको सभापति भरत खड्कालाई बनाउने

नेपाली कांग्रेसले सांसद भरत खड्कालाई सार्वजनिक लेखा समिति सभापतिको उम्मेदवार बनाउने भएको छ ।

नेपाली कांग्रेसले डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखा समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको सांसद भीष्मराज आङ्देम्बेले बताए ।

सत्तारुढ दल रास्वपाले पनि प्रमुख प्रतिपक्षीलाई लेखा समिति सभापति दिने निर्णय गरिसकेको छ ।

एमाले र नेकपाले पनि लेखा समितिमा कांग्रेसलाई सघाउने निर्णय गरिसकेकाले खड्का सभापति बन्ने निश्चित छ।

 

प्रकाशित: ३ वैशाख २०८३ १४:४१ बिहीबार