राजनीति

कांग्रेस सभापति थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्दै

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

सम्बोधन कार्यक्रममा उपस्थितिका लागि पार्टीले सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरेको छ।

कार्यवाहक मुख्य सचिव दुलालले जारी गरेको सूचनामा सम्बोधनको विषयवस्तुबारे विस्तृत जानकारी भने खुलाइएको छैन।

प्रकाशित: १५ कार्तिक २०८३ ०६:४२ आइतबार