नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा उम्मेदवारी मनोनयन गराएका छन् । बसुन्धरा त्रियोग स्कुलबाट र्यालीसहित उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
पौडेल २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
प्रकाशित: ६ माघ २०८२ १६:०१ मंगलबार