राजनीति

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको भोलि (शुक्रबार)लाई बोलाएको छ ।  

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो तीन बजेदेखि सुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पनि पौडेलले बताए ।  

बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

प्रकाशित: १७ पुस २०८२ २१:३५ बिहीबार