राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबार बस्ने भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा आइतबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै बैठकमा अनिवार्य उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई अनुरोध गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ १८:५३ शनिबार