राजनीति

नेपाली कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ। सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गरिने उनले बताए।

प्रकाशित: १६ कार्तिक २०८३ ०९:५७ सोमबार