राजनीति

नेपाली कम्युनिष्ट पार्टी जेनजीको पनि हो : सह-संयोजक नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पुराना नेताहरू मात्रै नभई जेनजीहरूको पनि पार्टी भएको दाबी गरेका छन्। सोमबार विराटनगरमा आयोजना गरिएको कोशी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

उनले पुराना नेताहरू मात्रै नभई जेनजीका नेता र युवाहरूको ठूलो संख्या नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको दाबी गरे। उनले नवगठीत नेकपा पुरानादेखि जेनजीसम्मको पार्टी भएको दाबी गर्दै देशकै सबैभन्दा ठूलो पार्टी बन्ने बाटोमा रहेको समेत बताए।

उनले आउने चुनावमा सबैभन्दा ठूलो पार्टी बनाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित: १५ मंसिर २०८२ १६:३८ सोमबार