राजनीति

जेनजी क्रान्तिलाई नेपालले तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता प्रदान गर्नुपर्छ : तोषिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोषिमा कार्कीले जेनजी क्रान्तिलाई नेपालले तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता प्रदान गर्नुपर्ने बताएकी छन्।

आज सामाजिक सञ्जालमार्फत कार्कीले यस्तो बताएकी हुन्। भदौ २३ गतेको शान्तिपूर्ण विद्रोहले सञ्चार गरेको सुसंस्कृत राजनीति र सुशासनको आवश्यकतालाई संस्थागत गरिनुपर्ने बताइन्। साथै भदौ २४ गते सडकमा पोखिएको वितृष्णा र अप्रत्यासित अनपेक्षित तोडफोड, आगजनी र विध्वंसका घटनाको दोषारोपण जेनजी पङ्क्तिमाथि कुनै पनि बाहनामा गरिनु नहुने भनाइ उनको छ। ‌

'भाद्र २३ गतेको शान्तिपूर्ण विद्रोहले सञ्चार गरेको सुसंस्कृत राजनीति र सुशासनको आवश्यकतालाई संस्थागत गरिनुपर्छ तर भाद्र २४ गते सडकमा पोखिएको वितृष्णा र अप्रत्यासित अनपेक्षित तोडफोड आगजनी र विध्वंसका घटनाको दोषारोपण जेनजी पङ्क्तिमाथि कुनै पनि बाहनामा गरिनु हुँदैन,' उनले लेखेकी छन्।

भदौ २३ गते सरकारले देखाएको अपराधिक चरित्र अक्षम्य रहेको भन्दै उनले यसको अनुसन्धान, कानुन र कारबाहीको दायरामा ल्याउनैपर्ने जिकिर गरिन्। समग्र घाइते र शहिद परिवारको ससम्मान अभिभावक्त्व र जिम्मेवारी लिइनुपर्ने उनको भनाइ छ। 'साथै भाद्र २३ गते सरकारले देखाएको अपराधिक चरित्र अक्षम्य छ त्यसैले अनुसन्धान, कानुन र कारबाहीको दायरामा ल्याउनैपर्छ। समग्र घाइते र शहिद परिवारको ससम्मान अभिभावक्त्व र जिम्मेवारी लिइनुपर्छ,' उनले भनिन्।

प्रकाशित: १५ कार्तिक २०८२ ०९:३७ शनिबार