राजनीति

फागुन २१ पछि नेपाल कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्छ : अग्नी सापकोटा

नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आगामी निर्वाचनपछि आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन्। 

मंगलबार संचार माध्यमसँग कुरा गर्दै उनले फागुन २१ को निर्वाचन परिणामपछि नेपाल कम्युनिष्ट पार्टी पहिलो पार्टीका रूपमा अगाडि आउने बताएका हुन्। ‘हामी दृढ विश्वासका साथ भन्न चाहन्छौं, देशलाई इमान्दारिताका साथ सही दिशामा नेतृत्व गर्न सक्ने पार्टी हाम्रो पार्टी मात्र हो,’ उनले भने। 

सापकोटाले जेनजी आन्दोलनपछि सिर्जना भएको राजनीतिक संकटबाट मुलुकलाई बाहिर निकाल्न स्वाधीनता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा आवश्यक रहेको बताएका छन्। साथै स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चित गर्न नेपाल सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग तथा सम्बन्धित सबै पक्षलाई उच्चतम इमान्दारी र जिम्मेवारी हुन आह्वान गरेका छन् । 

पछिल्लो समय देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको समेत दाबी गरे। ‘एकातिर दलाल र बिचौलियाको आडमा कुशासन चलाउने तथा अभिव्यक्ति स्वतन्त्रता र सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाको आन्दोलन दमन गर्ने प्रवृत्ति छ,’ उनले भने, ‘अर्कोतर्फ जनभावनालाई निहित स्वार्थमा प्रयोग गर्दै लोकतन्त्रका आधारभूत स्तम्भमाथि आक्रमण गर्ने अर्को अतिवाद पनि देखिएको छ।’ 

प्रकाशित: ५ फाल्गुन २०८२ १६:०९ मंगलबार